जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुरक्षाकर्मीलाई खाजा,खानेपानी वितरणको अभियानमा साथ दिदै दाल भात पावर मुग्लिन को सहयोग :: अभियानका संयोजकले गरे मुक्तकण्ठले प्रशंशा

नवीन भण्डारी,
जन्मभुमि खबर,पोखरा ।

सुरक्षाकर्मीलाई खाजा, पानी तथा सेनिटाईजर वितरणको अभियान आज २७औँ दिनसम्म आईपुग्दा देश तथा विदेशबाट र विभिन्न क्षेत्रमा आबद्द ब्यक्तिहरूवाट पनि यस अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ र सहयोग दिनुहुने सबै सहयोगी मनहरू प्रति धन्यवाद ब्यक्त गर्दै ओम गुरूङले आगामी दिनमा थप सहयोग र साथको अपेक्षा गर्नुभयो।

मुग्लिन मा अबस्थित दाल भात पावर( Dal Bhat Power) खाजा तथा खाना घरबाट निषेधाज्ञामा खट्टिएका सुरक्षाकर्मीलाई माक्स , सेनिटाईजर , खाजा,डिटोल सावुन तथा खानेपानी वितरण अभियानमा लगभग दुई दिनको वितरण सामाग्री प्रदान गरेको कुरा अभियानका संयोजक गुरूङले जानकारी दिनुभयो।
दाल भात पावर खाजा तथा खाना घरका संन्चालकहरू पुर्ण कोने गुरूङ, प्रकाश गुरूङ र बिजय रानालेअहिलेको समयमा यो उत्कृष्ट अभियानमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको कुरा समेत ब्यक्त गर्नुभयो।
अभियानका संयोजक गुरूङले जबसम्म लकडाउन खुल्दैन तब सम्म हाम्रो यो अभियान कुनै पनि अवस्थामा नरोक्किने र अहिले यस अभियानलाई सबैले आफ्नै अभियान हो भनेर मुक्तकण्ठले प्रशंशा र सहयोग गर्दा झन् यो कार्यलाई अझ प्रभावकारि बनाउन आफुलगायत सम्पुर्ण टिम लागि परेको कुरा पनि जानकारी गराउनु भयो।
साथै कुनै परिवारलाई दैनिक खाधान्नको लागी निकै गार्हो भएको खण्डमा समेत पोखरा वाटर ट्याङ पोखरा ११ रानिपौवामा सम्पर्क गर्नुहुनका लागी समेत अनुरोध गुरुङले गर्नुभयो।