जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीकाे मूल्य यथावत

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ।

यसदिन अघिल्लो दिन आइतबारकै दररेटमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन तोलामा ३०० रूपैयाँ बढेको थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार भने चाँदी तोलामा ५ रूपैयाँले बढेको थियो।