जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य स्थिर

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोकै मूल्यमा कारोबार खुलेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ । हिजो बुधवार पनि यही मूल्यको सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य १४ सय ६५ रुपैयाँ कायम थियो ।