जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

जन्मभुमि खबर
नेपाली बजारमा सुनको मूल्य आइतबार सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।