जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।

आज सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।