जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य ताेलामा ५ सय रुपैयाँ घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ५ हजार ८ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।