जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो समय निरन्तर उकालो लाग्दै आएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १२ मा सुनको कारोबार प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य बुधबारको तुलनामा १५ रुपैयाँले बढेर बिहीबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढेकाले नेपाली बजारमा त्यसको असर परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।