जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० बढेर तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।