जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य घट्यो

जन्मभुमि खबर ,

पोखरा ।

स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेर कारोबार भएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।