जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ स्थिर, चाँदी भने घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।