जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनकाे भाउ ताेलामा ५०० ले बढ्याे

जन्मभुमि खबर
काठमाडौं, २३ फागुन । आइबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै सुनको मूल्य बढेको हो ।

आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।