जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुकेटार विमानस्थलको नाम अब रविन्द्र अधिकारी विमानस्थल

सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर रविन्द्र अधिकारी विमानस्थल राख्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।

सोही क्रममा आगामी आर्थिक वर्ष भित्र सुकेटारको धावनमार्ग निर्माण सम्पन्न गरिने पनि मन्त्री पौडेलले बताए । त्यस्तै चुहान डाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने भएको छ ।