जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सिराहा लहान मालपोत कार्यालयमा बम विष्फोट ८ जना घाइते

जन्मभुमि खबर
सिरहा : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ ।

विष्फोटमा परी करिब आधा दर्जन  सर्वसाधारणा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दिउँसो करिब १२ : ४० बजे बम विष्फोट भएको हो ।

विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगेको छ ।

अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।