जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक

पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ।

जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापारमा प्रतिबन्ध गरेको हो।

यदि कहीं कतै सो क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेको व्यवसायीले अन्य वैकल्पिक स्थानमा सञ्चालन गर्न समेत आग्रह गरेको छ ।

सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको भए पनि सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा सो व्यवस्था प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिका सार्वजनिक स्थानलाई सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागिपरेको छ।