जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथ र सात मन्त्रीको नियुक्तिसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

शपथसम्बन्धी रिटमा सर्वोच्चले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।