जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर

जन्मभुमि खबर
सरकार र विप्लव समूहबीचबुँदे सहमति भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

 

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति यस्तो छ

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३.  नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।