जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

आर्थिक वर्ष २०८०–८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा सरकारको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णाथ प्रस्तुत गरेका थिए । त्यसपछि बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो । ध्वनीमतबाट नीति तथा कार्यक्रम पारित भएकाे घाेषणा सभामुख देवराज घिमिरेले गरेका थिए ।

नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुलेको छ । जेठ १५ मा ल्याउने बजेटको तयारीमा सरकार लागिसकेको छ । अर्थ मन्त्रालयमा बाह्य मानिसहरूलाई प्रवेश बन्देज गरेर बजेटको तयारी भइरहेको छ । १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पेस गर्नेछन् ।