जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

समाचार संकलनका क्रममा स्याङ्जामा पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुर्व्यवहार

जन्मभुमि खबर ,
पोखरा ।

रिर्पोटिङ गर्ने क्रममा समाचारपाटि डट कम का प्रबन्ध निर्देशक पत्रकार पल्हाद चन्द्र घिमिरे माथि दुर्व्यवहार भएको छ ।

माघ १० गते मंगलबार स्याङजाको आँधिखोला गाँउपालिका वडा नं.०४,वाङिसङ दह मा २०७५ सालदेखि विवादित रहेको खानेपानिको स्थलगत रिर्पोटिङ गर्ने क्रममा पत्रकार घिमिरे माथि दुर्व्यवहार भएको हो ।

पत्रकार घिमिरेले रिर्पोटिङ गर्ने क्रममा स्थानीय दह ठुलाखेत टोलका अध्यक्ष ठाकुर पौडेल,रेशम पौडेल,बाबुराम पौडेल तथा पिताम्बर पौडेलले अन्य व्यक्तिलाई उक्साउने काम गरेर उनीमाथि दुरव्यवहार गरेका हुन् । घिमिरेले आफू पत्रकार भएको र आफ्नो परिचयपत्र देखाउदा समेत त्यहाँका व्यक्तिहरुले किन भिडियो खिचेको भन्दै मोबाइल खोस्ने,अपशब्द बोल्ने,भिरबाट खसालदिने पोखरीमा गाडीदिने जस्ता तल्लो स्तरका गालि गरेका हुन् ।

आधिखोला गाँउपालिकाका उपाध्यक्षको अगाडी नै पत्रकार घिमिरेमाथि दुर्व्यवहार भएको थियो । गाँउपालिका उपाध्यक्ष सिता थापाले पत्रकार घिमिरे माथि दुरव्यवहार भएपश्चात सो स्थान छोडेर अन्यत्र जानको लागि अनुरोध गरेकी हुन् ।

घटना भए लगत्तै घिमिरेले स्थानीय चिलाउनेबासमा रहेको प्रहरी चौकीमा आफूमाथि दुरव्यवहार भएको भन्दै चौकी प्रमुख हिमत बुढालाई जानकारी गराइ कारवाहीको माग गरेका छन् । साथै पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ कास्कीमा समेत घिमिरेले आफूमाथि दुर्व्यवहार भएको जानकारी गराएका हुन् ।