जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सभामुख चयनका लागि माघ ५ गते निर्वाचन

प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते निर्वाचन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २ गते सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्नसमेत निर्देशन दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक २०७९ माघ ५ गते बिहीबार बिहान ११:०० बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ ।