जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सन्दीप लामिछानेविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्जूजन नोटिस जारी भएको छ ।

१७ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेसँगै सम्पर्कविहीन भएका लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी टेकप्रसाद राईले जानकारी दिए।

लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको हो।

यो नोटिस जारी भएसँगै अब लामिछानेलाई इन्टरपोल अन्तर्गतका देशहरूले आफ्नो देशमा खोजी गर्नेछन्। इन्टरपोलमा १९५ देश आबद्ध छन्।

लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमार्फत् आफू अस्वस्थ भएका कारण आइसोलेसनमा रहेको बताएका थिए। उनले पछिल्लो घटनाक्रमले आफू शारीरिक र मानसिक रुपमा विक्षिप्त भएकाले उपचाररत रहेको र केही समयमै नेपाल फर्किएर बलात्कारविरुद्धको मुद्दाको प्रतिवाद गर्ने जानकारी दिएका थिए।

उनी अहिले कहाँ छन् भन्ने जानकारी छैन। बलात्कार आरोप लागेपछि उनलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरिसकेको छ। यस्तै यसअघि सन्दीप आफैं प्रहरीको सम्पर्कमा नआए इन्टरपोलमार्फत् झिकाउने प्रक्रिया अघि बढाउने प्रहरीले बताएको थियो।