जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सडकका सुरक्षाकर्मीलाई खाजा तथा खानेपानी वितरण गर्दै रानीपौवाका समाजसेवी भोला बराल

जन्मभुमि खबर,
नवीन भण्डारी ,पोखरा ।

पोखरा ११रानीपौवा निवासी श्री भोला बराल ज्यु ले पोखरा वाटर टयाङले सुरू गरेको सुरक्षाकर्मीलाई खाजा तथा खानेपानी वितरण अभियानको आज सातौँ दिनमा वितरणको सम्पूणँ खाजा तथा पानीको ब्यवस्था गर्नु भएकोमा यस संस्थाका अध्यक्ष ओम गुरूङ
ले भोला बराल ज्यु लगायत उहाँको सम्पुर्ण परिवारको उन्नति तथा प्रगतिको कामना गर्नुभयो।
संस्थाले बिषम परिस्थितिमा गरेको यस कार्यको लकडाउनमा खट्टिएका सुरक्षाकर्मीलगायत सम्पुर्ण आम नागरिकले खुलेर प्रशंशा गरेको कुरा समेत जानकारी गराउनुभयो।
रानिपौवाका समाजसेवी तथा बुद्दिजिवि भोला बरालले गरेको यस समाजसेवि कार्यले अन्य युवावर्गलाई पनि सामाजीक काम गर्नका निम्ति प्रेरणादायिक भुमिका खेलेको भन्दै आफु जस्तोसुकै परिस्थिति आएतापनि सामाजीक कार्यबाट पछि नहट्ने जानकारी पोखरा वाटर ट्याड क्लिनङ सर्भिसका अध्यक्ष गुरूङले गराउनुभयो।