जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

संसद् विघटनविरुद्धको रिटमा जेठ १३ र १४ गते पेशी तोकियो

काठमाडौं । संसद् विघटनविरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधानिक इजलासमा सुनुवाइ माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै, संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपाधारा ५ अनुसारको प्रधानमन्त्री नियुक्ति हुने अधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन गरी आगामी कत्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

संसद् सवघटन असंवैधानिक र धारा ७६(५) बमोजिम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना संसद्ले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका छन् ।