जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्री मिलन चण्डिकालीका कृषि सहकारी संस्था लिमिटेडको खुल्ला रक्तदान सम्पन्न ।

पोखरा २१ एकहातेमा रहेको श्री मिलन चण्डिकालीका कृषि सहकारी संस्था लिमिटेडले नयाँ वर्षको पूर्व सन्ध्यामा शुभकामन आदन प्रदान तथा खुल्ला रक्तदान सम्पन्न गरेको छ ।            कार्यक्रमका प्रमुख अतिथि पोखरा २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले पहिलो रक्तदाता सूर्य पौडेललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रम्मा वडा अध्यक्ष सुवेदीले विगतमा यस सहकारीले समुदाय मा जनतालाई सुसूचित गर्दै धेेरै कार्य गर्दै आएको बताउनु भयो। साथै यस सहकारीले मानविय जिवनलाई नभै नहुने रगतको कमिको समयमा रक्तदान जस्तो महादन कार्यक्रम राखेेको मा निकै खुशि लागेको र यश सहकारीले गर्ने हरेक सामाजिक कार्यमा आफ्नो पुर्ण सहयोग रहने बताउनु भएको थियो ।

कार्यक्रम्मा  २५ युनिट रगत संकलन भएको थियो । रक्तदान गर्ने रक्तदाताहरुमा सूर्य प्रसाद पौडेल,रद्रनाथ पौडेल,डिल बहादुर गुरुङ ,देविलाल सुनार ,महेश बराल,कुमार गुरुङ ,भक्त बहादुर गुरुङ ,मिना सुवेदी ,आत्मा अधिकारी,अर्जुन पौडेल ,दिल बहादुर थापा, विशाल जंग साहि,राम प्रसाद पौडेल,शिव न्यौपाने,टीका राम देवकोटा कमल पौडेल, मोहन बहादुर कार्की,बविता पौडेल,याम बहादुर कार्की,शिव बहादुर थापा,नवराज बराल, सरु खवास,नारायण प्रसाद पौडेल, विनम कार्की रहनु भएको थियो।               कार्यक्रमलाई क्षेत्रिया रक्त सञ्चार केन्द्र  पोखराको प्रविधिका सहयोग मिलेको थियो । कार्यक्रमका सभा अध्यक्ष संस्थाका अध्यक्ष क्या दिल बहादुर थापा रहनु भएको थियो भने कार्यक्रम संचालन सस्थाका सचिव कविराज पौडेलले गर्नु भएको थियो ।