जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्री महेश्वरी माध्यमिक विधालय पाेखरा २२ लुकुन्स्वाँरा ६७ वर्षमा प्रवेश ।

विवेक न्याैपाने
श्री महेश्वरी माध्यमिक विधालय पाेखरा २२ लुकुन्स्वाँराकाे ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंसिर २८ गते बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफू पदमा रहदा वा नरहदा पनि विधालयलाई आवश्यक याेगदान दिने बताउनुभयाे । शिक्षाकाे माेडल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनु भएकाे थियाे ।
विधालयकाे प्रधानाध्यापक कुलदेवी बरालले विधालयकाे आ.व २०७८/७९ शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे ।
कार्यक्रमको संचालनमा विधालयका शिक्षक महेश बरालले गर्नु भएको थियो ।