जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्री ए.बि लेड युवा क्लबको आयोजनामा खेलकुदका गतिविधिहरु हुँदै

जन्मभुमि खबर ,
पोखरा ।

श्री ए.बि लेड युवा क्लब पोखरा १३ साभाको आयोजनामा खेलकुदका गतिविधिहरु हुने भएको छ ।

आगामी चैते दशैको अवसर पारेर क्लबले फुटबल , भलिबल र छेलोलगायका प्रतियोगिता गर्न लागेको हो ।

कार्यक्रम आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म संचालन हुने आयोजले जनाएको छ ।

जसअन्तर्गत खुल्ला भलिबल बिजेताले नगद रु पचास हजार , कप , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीयले नगद रु तीस हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन , साथै उत्कृष्ट खेलाडीलाई मायाको चिनो र प्रमाणपत्रले पुरस्कृत गरिने छ । भलिबलका लागि टिम दर्ता शुल्क रु पाँच हजार तोकिएको छ ।

यसैगरी फुटबल तर्फ ( 5 ‘A’ Side ) अन्तर्गत २० बर्ष मुनिका खेलाडीहरुलाइ समावेश गरिने आयोजकले जनाएको छ । फुटबल तर्फ प्रथम हुनेले नगद रु प्रन्ध हजार कप , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीयले नगद रु आठ हजार
मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । आयोजका अनुसार बेस्ट प्लेयरले नगद रु एक हजार प्राप्त गर्नेछन । भलिबलका लागि टिम दर्ता शुल्क रु दुई हजार तोकिएको छ ।

यसैगरी छेलो प्रतियोगिता प्रथम हुनेले रु तिन हजार प्राप्त गर्नेछन भने टिम दर्ता शुल्क रु तीन सय तोकिएको छ ।

आयोजकका अनुसार भलिबल प्रतियोगिताका लागि NVA खेलेको खेलाडी समावेश गर्न नपाइने तथा फुटबलका लागि अनिवार्य डकुमेन्ट पेश गर्नुपर्नेछ ।