जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शिव शक्ति क्याम्पसकाे अध्यक्षमा टुवराज बास्तोला

विवेक न्याैपाने
श्री शिव शक्ति क्याम्पसको ११ औं साधारण सभा तथा छैठौं अधिवेशन शनिबार सम्पन्न भयको छ । कार्यक्रमका सभापती मायादेवी तज्याले यस अधिवेशनबाट आउने नयाँ समितिले राम्रो काम गरून् भनी शुभकामना समेत दिनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथीका रूपमा गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ता राेहित राज बास्तोलाले अभिभावक,समाज र राज्यको समन्वय भए मात्र शिक्षा गुणस्तर सुधार हुने कुरामा जाेड दिनुभयाे । यस्तै विशेष अतिथि पाे.म.न.पा वडा नं: ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य र ११ कै वडा सदस्य सुशील बास्तोलाले आफ्नो निजि रकममा एक जना विधार्थीलाई पढाइ लेखाईकाे जिम्मेवारी लिने र आगामी वर्षमा शिक्षामा थप बजेट विनियाेजन गर्ने कुरामा जाेड दिनुभयाे ।श्री शिव शक्ति क्याम्पसका प्र.अ दिपक बास्तोलाले क्याम्पसकाे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
श्री शिव शक्ति क्याम्पसको ११ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट अध्यक्षमा टुवराज बास्तोला र सदस्यहरूमा दुर्गा जाेजिजु र बुद्धि सागर घिमिरे निर्वाचित हुनु भएकाे थियाे ।
कार्यक्रमको संचालन संस्थाका शिक्षक रमेश थापाले गर्नु भएको थियोे ।