जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शिवशक्ति सामुदायिक बन उपभोक्ता समुह पाेखरा १९को १८ औ बार्षिक साधारण सभा सम्पन्न ।

विवेक न्याैपाने
पोखरा मनपा वडा नं १९ मा रहेको शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ बार्षिक साधारण सभा तल्लाकोट स्वास्थ्य चौकीको सभा हलमा सब्य र भब्य रुपमा सम्पन्न भएको छ ।

२०६० सालमा जिल्ला बन कार्यालयमा दर्ता भएको यस संस्था २०७२ सालमा कास्की जिल्लामा दर्ता भएका ४९० वटा सामुदायिक बनहरु मघ्ये कास्की जिल्लाकै उत्कृष्ट सामुदायिक बनको रुपमा जिल्ला बन कार्यलय कास्कीले सम्मान ब्यक्त गरेको सामुदायिक बनले हाल सम्म बिबिध रुपमा सामाजिक कार्य गर्दै आएको छ । साधारण सभामा एसईईमा उतिर्ण उपभोक्ताका छोरा छोरी लाई नगद पुरस्कार सहित खादा अबिरका साथ ८ जनालाई सम्मान , हरियो बन संग समन्ब्य गरी गाऊमा खानेपानि लगायत , बिबिध रुपमा सामाजिक उत्तर दायित्वको काम गर्दै आएको कुरा बनका संस्थापक अध्यक्ष भरत आचार्य ले बताउनु भयो ।

कार्यक्रम मा सामुदायिक बन उपभोक्ता महासंघ कास्कीका अघ्यक्ष बिश्वनाथ लामिछाने बिशेष अतिथि रहनु भएको थियो भने अतिथिहरुमा संस्थापक अध्यक्ष भरत राज आचार्य ,पुर्ब अध्यक्ष हरु तुलसी प्रसाद बास्तोला ,शान्ती बास्तोला , पुर्णचन्द् बास्तोला , श्रीराम आचार्य, भोजराज बास्तोला , टोल प्रसाद अधिकारी, गोबिन्द आचार्य , निरा ढुड्गाना , नारायण केसी रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य अपेक्षा बास्तोलाले , कार्यक्रमको अध्यक्षता चेतप्रसाद बास्तोलाले गर्नु भयो भने कार्यक्रम सन्चालन सचिब कबिता आचार्यले गर्नु भएको थियो ।