जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शनिबार देशभरको मौसम सामान्य बदली हुने

काठमाडौँ
शनिबार देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हाल पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बदली हुने देखिएको हो ।

देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि भू(भागहरूमा भने सामान्‍यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बांकी भु(भागहरूमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू(भागहरूमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।