जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वे ग्रुप नेपालको नेतृत्वमा ´नेतृत्व विकास एवम् उद्घोषण तालिम´

भरतपुर २६ चैत ।                                                                        वे ग्रुप नेपालको आयोजनामा वे ग्रुपका सदस्यहरुका लागि पाँच दिने आधारभूत नेतृत्व विकास एवम् उद्घोषण तालिम आज बिहीबारदेखि सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै वाग्मती प्रदेशका सभासद विजय सुवेदीले वे ग्रुपले सञ्चालन गरिरहेको सरसफाई अभियानले समाजमा सकारात्मक प्रभाव पारेको जनाउँदै वे- ग्रुपको अभियानलाई देशैभरि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मानिसमा रहेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले मानिसमा व्यक्तित्व र नेतृत्व विकास गर्न सघाउ पुग्ने जानकारी दिनुभयो दिनुभयो ।

वे ग्रपका अध्यक्ष भोजराज कंडेल को अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका वडा नं ४ का अध्यक्ष हरिप्रसाद आचार्य ईञ्जिनियर विराट घिमिरे, पुर्व प्रहरी निरीक्षक सन्तोष पन्त, संस्थाका उपाध्यक्ष विजय सापकोटालगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव जीवन खरेलले गर्नुभएको थियो ।

४२ जनाको सहभागिता रहेको तालिमको पहिलो दिन आज सञ्चारकर्मी नारायण सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।

पाँच दिनसम्म चल्ने तालिममा नारायण सापकोटा, मनोज घिमिरे, सबिता अधिकारी, अपिल घिमिरेले नेतृत्व विकास र उद्घोषण सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम रहेको वे- ग्रपका सचिव जीवन खरेलले जानकारी दिनुभयो ।