जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको निधन भएको छ। कोभिड-१९ का कारण गम्भीर अवस्थामा रहेका थापाको उपचारका क्रममा निधन भएको हो।

थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। गम्भीर अवस्थामा रहेका थापालाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार आउन नसकेपछि मेडिसिटीमा इसिएमओ प्रविधिबाट उपचार गरिएको थियो।

तर उपचारकै क्रममा उनको मंगलबार दिउसो निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको छ ।

थापा कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए। ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरेपनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको थियो।

४४ वर्षीय थापाको ४ बजेर २५ मिनेट जाँदा निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए

विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन,’ पाण्डेले भने।