जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विरेन स्मृति बिटी कप जारीः आजदेखि दोस्रो चरणका खेल हुने

जन्मभुमि खबर
पोखरा, १९ फागुन/ पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

पोखराको पुरानो टुडिखेल मैदानमा आज (मंगलबार) भएको पहिलो खेलमा भिमकाली क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एम फाईभ दोस्रो चरणमा प्रवेश गर्याे ।

एम फाईभको जीतमा मिलन थापामगर र अस्विन गुरुङले समान १ गोलको योगदान दिए भने भिमकालीको तर्फबाट सन्देश भण्डारीले सान्त्वना १ गोल फर्काए ।

त्यस्तै दोस्रो खेलमा बेगनासमाथी एसवाईसीले १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । एसवाईसीको जीतमा अजय श्रेष्ठले निर्णायक गोल गरे ।

तेस्रो खेलमा जेवाईसी दीपलाई बेली बारले १–० गोल अन्तरले पराजित गर्याे । उक्त जीतमा सविन घलेले निर्णायक गोल गरे । चौथो खेलमा गुँरास भुमीलाई सिमपानी एफसीले १–० गोल अन्तरले पाखा लगायो । सिमपानीको जीतमा सुनिल तामाङले गोल गरे ।

अर्काे खेलमा ओटु बारले रामघाटलाई ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । ओटु बारको जीतमा सिङ्कमान तामाङले २ गोल सिद्धान्त गुरुङ र विनम गुरुङले समान १ गोल निकाले । भने रामघाटको लागि प्रदिप गुरुङले सान्त्वना २ गोल फर्काएका थिए ।

लालीगुँरास धम्पुस र बिन्स बकेट बिच भएको छैटो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ गोल अन्तरले बिन्स बकेटले जीत निकाल्यो ।

विष्णु पादुका हेम्जा र भ्याली स्पोर्टस् बिच भएको सातौ खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा २–० गोल अन्तरले हेम्जा विजयी बन्यो ।

अन्तिम खेलमा कमलपोखरी टिम बीलाई एम टुवेलले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे । एम टुवेलको जीतमा अविनाश तामाङ र मनिस क्षेत्रीले समान २ गोल गरे ।

यस्तै मनोज गुरुङ र आकाश थपलियाले समान १ गोलको योगदान दिदै एम टुवेलले दोस्रो चरणको स्थान सुरक्षित गर्याे । बुधबार देखि दास्रो चरणका खेल हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए । उनका अनुसार विहान ८ बजे देखि खेल सुरु हुनेछ भने बुधबार कुल ८ खेल हुनेछन् ।