जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विद्यालयमा दिवा खाजामा कुनै पनि किसिमको ‘जंक फुड’ दिन नपाइने

सरकारले सामुदायिक विद्यालयमा प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

तर दिवा खाजामा कुनै पनि किसिमको ‘जंक फुड’ दिन नपाइने भएको छ ।

उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्री महतले बताए ।

यस कार्यक्रमबार करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने जनाएको छ ।

यसका साथै माध्यमिक तहका छात्राहरूलाई निः शुल्क स्यानेटरी प्याडको व्यवस्था गरिने घोषणा अर्थमन्त्री महतले बताए ।

सरकारको यो निर्णयले २६ लाख भन्दा बढी छात्राहरू लाभान्वित हुने सरकारको अपेक्षा रहेको छ ।