जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् ।

हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए । यस्तै, जेष्ठ नागरिकका लागि नि:शुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।