जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

“वाइसीएल नेपाल पोखरा – १६ को सम्मेलन सम्पन्न”

जन्मभुमि खबर,
पोखरा ।

नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालको पोखरा महानगरपालिका वडा नम्बर १६ मा सम्मेलन सन्पन्न भएको छ ।

उक्त सम्मेलनबाट जीवन बस्नेत अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्ष-सविना मगर, सचिव-रुद्र आचार्य, सह-सचिव-सुजन आचार्य, कोषाध्यक्ष-एकराज नेपाली, सदस्यहरु भरत आचार्य, पुर्ण गुरूङ्ग, भुवन नेपाली, सुमन आचार्य, शंकर आचार्य, सन्देश गुरूङ्ग, सिमा नेपाली लगायत ३५ सदस्यीय समिति निर्वाचित भएको छ ।

“राष्ट्ररीय राजनितिका पछिल्ला घटनाक्रममले राष्ट्रीयताको बारेमा युवाहरू संवेदनशिलताका साथ शसक्त हुनु पर्ने समय आएको छ । वाईसिएलले बिसंगती र विकृतीका विरूद्ध भण्डाफोर गर्ने र सत्ताको दुरूपयोग गर्नेलाई वाईसिएलले नछाड्ने” प्रमुख अतिथि वाइसीएल नेपालका केन्द्रीय सचिव विनय थापाले बताए ।

“अहिले पनि युवाहरूको भरोसाको केन्द्र वाईसिएल हो । वाईसिएलले सिर्जनात्मक र रचनात्मक कार्यक्रम मार्फत युवाहरूको मन जित्दैछ । हामी गुट उपगुट पछाडी लाग्दैनौ, जनता र युवाहरुको सेवामा सधै समर्पित भएको” बिशेष अतिथि केन्द्रिय सचिवालय सदस्य तथा न्यय तथा कानुन विभाग प्रमुख विपिन आचार्यले बताएका थिए ।

उक्त कार्यक्रममा पोखरा-१६ इन्चार्ज गुरू भट्टराई, पार्टी सचिव निर्मल आचार्य, डेभिड गुरूङ्ग, रामजी प्रसाद आचार्य, नविन भण्डारी, सुनिल लामीछाने, अधिवक्ता दिल बहादुर बस्नेतले शुभकामना ब्यक्त गरेका थिए । लिलाधर आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य जीवन बस्नेतले राखेका थिए ।