जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लकडाउनमा पोखराका सुरक्षाकर्मीको प्यास मेटाउदै वाटर क्लिनिङ सर्भिस रानिपौवा ११ पोखरा

जन्मभुमि खबर,
नवीन भण्डारी ।

पोखरा वाटर ट्याङ क्लिनिङ सर्भिस,पोखरा ११ रानिपौवाले लकडाउनको समयमा पोखरा महानगरपालिकामा खट्टिएका सम्पुणँ सुरक्षाकर्मिहरूलाई पानी बितरण गर्ने अभियान सुरू गरेको कुरा यस संस्थाका अध्यक्ष ओम गुरुङले जानकारी गराउनुभयो ।

एक हप्ताबाट निरन्तर रूपमा सन्चालन गरिएको यस अभियानलाई कोभिड को नियन्त्रणको निम्ति खट्टिएका महानगरका सम्पुर्ण सुरक्षाकर्मीहरू ले हामीसगँ खुलेर प्रशंशा गरे । यस्तो महामारीसगँ सम्पूणँ विश्व सगै हामी नेपाली पनि जुधिरहेको बेलामा यस रोगसगँ लड्नको निम्ति आफ्नो क्षेत्रवाट पनि केही गरौ भनेर यो अभियान सुरू गरिएको साथै पोखरा वाटर ट्याङ क्लिनिङ सर्भिस पोखरा ११ रानिपौवाले आफ्नो यस कार्यलाई निरन्तर रूपमा अगाडी बढाईराख्ने कुरा गुरुङले जानकारी गराउनुभयो।

साथै हरेक क्षेत्रमा नेक्तृत्व गरेका सम्पुर्ण ब्यवसायीहरूलाई पनि गुरूडले यस संकटमा आफ्नो आफ्नो क्षेत्रवाट सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ।यसै अभियानलाई आफ्नै अभियान ठानेर पोखरा ११ रानिपौवा निवासी श्री भोला बराल ज्यू ले भोलि बैशाख २९गते यस अभियानमा जोडिएर महानगरमा खट्टिएकासुरक्षाकर्मीहरूलाई कार्यस्थलमै गएर खाजा साथै पिउने पानी बितरण गर्ने कुरा पनि यस पोखरा वाटर ट्याङ क्लिनिङ सर्भिस पोखरा ११ रानिपौवाका अध्यक्षले जानकारी गराउनुभयो।