जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामदी आधारभूत विद्यालयको वार्षिकोत्सव सम्पन्न

 

पोखरा, १३ पुस ।
पोखरा २१ रामदीमा अवस्थित श्री रामदी आधारभूत विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बुधबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।

विव्यस अध्यक्ष क्या. दिलबहादुर थापाको अध्यक्षता तथा पोखरा मनपा २१ का वडा अध्यक्ष आदरणीय व्यक्तित्व श्री दिपक प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्म विद्यालयलाई योगदान गर्ने विव्यसका पूर्व अध्यक्षहरु, शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरु, अक्षयकोषदाताहरु, पूर्व प्रधानाध्यापकहरु, पूर्व कार्यालय सहयोगी बल बहादुर मगर, स्वयम् सेवक शिक्षिका बिना गुरुङ, का.स. यामकुमारी भुजेल, बिद्यालयका शुभचिन्तक तथा पोखरा युनाइटेड संस्थाका अध्यक्ष मोहन बहादुर कार्की लगाएत अन्य सदस्यहरु, पूर्व प्रधानाध्यापक दिलकुमारी पौडेललाई सम्मान गरिएको थियो ।

विद्यालयका अक्षयकोषदाता तथा नेपाली काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि आदरणीय व्यक्तित्व श्री विजयराज आचार्यको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा आचार्यले रु ५०,०००/- बराबरको अक्षयकोष वापतको चेक हस्तान्तरण गर्नुभयो ।विद्यार्थीहरुका विविध सांस्कृतिक कार्यक्रम, डिल वहादुर खड्काबाट लघु नाटक एवम् कविता प्रस्तुत गरिएको कार्यक्रममा विव्यस सदस्य कविराज पौडेल, ज्ञानेन्द्र प्रसाद बराल, देवराज सुनार, जर्मनीका स्वयमसेवक प्रतिनिधि , प्रश्न धमाल, विजयराज आचार्यले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि सुवेदीले विद्यालयको कक्षाकोठा सजावटको लागि लागि रु ८०,०००/- उपलब्ध गराउनुको साथै विद्यालयमा अभाव भएको शिक्षक दरबन्दी थप गर्ने प्रतिबद्धता गर्नुभयो । पछिल्ला दिनहरुमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा पनि अझै अगाडि बढ्नको लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुद्वारा निर्मित चित्रकला प्रदर्शनी गरिनुको साथै विद्यार्थीका सह क्रियाल्कलाप तथा शैक्षिक तर्फका पुरस्कार एवम् खेलकुदका बिजेताहरुलाई मेडल प्रदान गरिएको थियो ।

कक्षा ५ मा अध्ययनरत छात्रा प्राप्ती सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक रेशमप्रसाद ढकालले गर्नुभएको थियो ।