जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

जन्मभुमि खबर
काठमाण्डाै – अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति निकालेर तेजाब आक्रमणको अन्त्यका लागि निरन्तर काम गरेको भन्दै खातुनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय भएको जानकारी गराएको छ ।

ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने विश्वभरका महिलाहरुलाई यो पुरस्कार दिने गरिन्छ।

अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कनले आउँदो मार्च ८ अथवा फागुन २४ गते भर्चुअल कार्यक्रम गरेर पुरस्कार वितरण गरिने दूतावासले निकालेको विज्ञप्तिमा भनिएको छ ।