जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यस सिजनमा कास्कीमा ४४ करोड मुल्य को सुन्तलाको उत्पादन

रमेश पोख्रेल /१७ माघ , कास्की

कास्की जिल्ला पर्यटकीय महत्वका साथै सुन्तला खेतीको लागि पनि पकेट क्षेत्र मानिन्छ । सुन्तला खेतीको लागि समुन्द्री सतह १२ सय देखि १६ सय मिटर सम्म उचाईको जमिन उपयुक्त जमिन मानिन्छ । कास्कीमा ,दोपहरे बयली ,निर्मलपोखरी, भरतपोखरी , ढिकुरपोखरी , पुम्दीभुम्दी, कालिका , हंसपुर , देउराली र थुम्की सुन्तला पकेट क्षेत्र हुन ।                                                                                        उत्तर , उत्तर -पुर्व ,उत्तर -पश्चिम फर्केको भिरालो जमिन भएका कारण यी ठाउमा सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ । पोखरामा सुन्तलाको पाक्ने मौसममा स्याङजा, बाग्लुड.,पर्वत,म्यादी ,तनहुँ लगाएतका स्थान बाट समेत सुन्तला कास्किमा भित्रने गर्दछ ।

कास्की जिल्लाको दक्षिणी भेक पोखरा २१ मा पर्ने निर्मलपोखरी,सिवालय, स्यारतुङ,दोपहरे र बयलीमा मात्रै यस बर्ष १० करोड रुपैया बराबरको सुन्तला उत्पादन भएकोे वार्ड कृषि संजालका सदस्य खिमराज भण्डारी बताए ।

कास्की जिल्लाका केहि स्थानमा सुन्तलामा लागेको रोगका कारण उत्पादनमा कमि आएको भएतापनि यस बर्ष भने दोब्बर उत्पादन भएको र उत्पादन राम्रो भएपनि भण्डार र बजारीकरणमा समस्या रहेको पोखरा वार्ड न २१ स्यार्तुङ्का कृषक खेमराज भण्डारीले गुनासो गरे । भण्डारी ले आफु संग भएको पुर्खाैली जमिनमा आफ्नै शिप,अनुभव र लगनशिलताको कारण परम्परागत चल्दै आएको सुन्तला खेतीलाई अहिले ब्यवसायीक रुपमा परिर्वतन गरेको र यो बर्ष अहिले सम्म कै राम्रो उत्पादन भएकोले मुनाफा पनि राम्रै आउने कुरामा विश्वस्त छन भण्डारी ।

सुन्तलाको उत्पादन राम्रो रहेपनि भण्डारण र पोखरा बजारमा मुल्यको अभाव रहेको हुंदा पोखराको सुन्तला पोखरा भन्दा बाहिर पैठारी गर्न बाध्य भएको अर्का कृषक ईश्वरी सुवेदीले बताए ।

यहाको सुन्तला देशका अन्य जिल्लामा समेत निर्यात गर्ने गरेको पाईन्छ । अन्य जिल्ला बाट पोखरामा तरकारी तथा फलफुल ल्याउने र यहाको सुन्तला काठमाडौं ,नारायणगढ लगायत देशका अन्य स्थानमा लगेर सुन्तला बिक्री गर्ने गरिएको पाईन्छ । केहि बर्षको तुलनामा यो पटक सुन्तलाको उत्पादन राम्रो भएको र आफुले चितवन बाट तरकारी पोखरा ल्याउदै गरेको र पोखरा बाट चितवनमा पोखराको सुन्तला लैजान लागेको चितवनका ब्यवसायी राजकुमार अधिकारीले बताउछन ।
बिशेष गरि दोपहरेको सुन्तला साईजमा केहि सानो भएपनि रसिलो र गुलीयो भएका कारण आफुले दोपहरे कै सुन्तला लैजाने गरेकोे बताउछन उनी । सुन्तलाहरु पनि साना र बेसाईजका रहेको हुंदा सुन्तला ग्रेडिङ गरेर सानालाई जुस बनाउने र ठूला बजारमा बिक्री गर्ने हो भने किसान र ब्यबसायी सवैलाई फाईदा हुने व्यावसायि राज कुमार अधिकारी बताउछन् ।

कास्कीमा ८ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तलाको ब्यवसायीक खेती गरिएको कृषि ज्ञान केन्द्र कास्कीले जानाएको छ । गत बर्ष ७ हजार ८ सय ८९ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो भने यस बर्ष ८ हजार ८ सय ३५ मेट्रिक्टन ,करिब ४४ करोड बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द कास्कीका प्रमुख शालिकराम अधिकारीले बताए ।
सुन्तला भण्डारण र बजारीकरणमा समस्या रहेको स्वीकार गर्दै अधिकारी यस बारेमा पनि सरकारको चासो रहिरहेको बताउछन ।
नेपालमा सुन्तला नपाक्दै भारत र अन्य मुलुकबाट सुन्तला भित्रिने भएकोले पनि अबका दिनमा सुन्तला उत्पादन कै बारेमा सरकारले बेमौसमी सुन्तला खेतीमा कृषक सहभागिता कसरी गराउन सकिन्छ भन्ने बारे सोचेको प्रमुख अधिकारीले बताए ।कृषक उत्थानका लागि फलफुल बगैचामा ५० प्रतिसत र बाली बिमामा ८० प्रतिसत नेपाल सरकारले कृषकहरुको लागि अनुदानको ब्यवस्था गरेको उनले बताए ।

सुन्तलाको उत्पादन राम्रै भएपनि त्यस्लाई भण्डारण गर्न नसक्दा सोचे अनुरुप मुनाफा कमाउन नसकेको कृषक र ब्यापारीको गुनासो रहेकोछ । सरकारले सुन्तला भण्डारणको लागि चिश्यान केन्द्र स्थापना गर्न लागे देशको कुल ग्राहस्थ उत्पादन बढ्ने देखिन्छ ।