जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकप : उद्घाटन खेलमा घरेलु टिम सहारा संग एपीएफ भिड्ने (तालिका सहित)

जन्मभुमि खबर
पोखरा ।

सहारा क्लब पोखराले आयोजना गर्ने मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम ‘सहारा क्लब’ र विभागिय टोली एपीएफ क्लब भिड्ने भएको छ ।

आगामी २१ गते पोखरा रङ्गशाला स्थित खेल मैदानमा दिउसो २ बजे सहारा र एपीएफ बिच उद्घाटन खेल सञ्चालन गरिने पोखरामा आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

आयोजक संस्थाका अध्यक्ष केशव बहादुर थापाले २२ गते मछिन्द्र क्लब र अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुन बिच खेल हुने बताए । उनका अनुसार २३ गते संकटा क्लब र नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब बिच तेस्रो क्वाटरफाईनल खेल हुनेछ । भने चौथो क्वाटरफाईनल खेल रुस्लान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

उनले पहिलो सेमीफाईनल खेल २५ गते २१ गते र २३ गतेको बिजेता टिम बिच प्रतिस्पर्धा हुने बताए । थापा मगरका अनुसार २२ गते र २४ गतेको विजेता टोलीले २६ गते दोस्रो सेमीफाईनल खेल खेल्नेछ । भने फाईनल खेल २८ गते हुनेछ ।

सो प्रतियोगिताको उद्घाटन समारोहमा ‘सर्बाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट नगद रु ३५ हजार, दोसल्ला तथा सम्मनपत्रद्वारा अभिषेक रिजाललाई सम्मान गरिने अध्यक्ष थापामगरले बताए ।

सो प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, विभगिय टोली एपिएफ, संकटा क्लब, मछिन्द्र क्लब, आयोजक टोली सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरि कुल ८ टिमको सहभागिता रहनेछ ।

उनले उक्त प्रतियोगिताको उपाधि राशिमा फेरबदल नगरिएको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० लाख १ हजार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५ लाख १ हजार प्राप्त गर्नेछ ।

यसैगरी विधागत रुपमा सर्वाेत्कृष्ट हुने खेलाडीले एप्रिला स्कुटर प्राप्त गर्नेछ । यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच घोषित हुने प्रत्येकलाई ट्रफी तथा जनही २५ हजारद्वारा पुरस्कृत गरिनेछ ।

सो प्रतियोगिताबाट बचत भएको रकमले पोखरा १७ दोविल्ला स्थित सहारा एकेडेमी सञ्चालनार्थ खर्च गरिने आयोजकले जनाएको छ ।