जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुलुकभर थप ८ हजार ८५० जनामा कोरोना पुष्टि, ४ हजार २२ कोरोनामुक्त,८८ जनाको मृत्यु

जन्मभुमि खबर ।

नेपालमा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थप ८८ जनाको मृत्यु भएको छ ।

यसअघि छुटेकालाई समेत जोडेर स्वास्थ्य मन्त्रालयले ८८ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७ सय ७७ जनामा पोजिटिभ र ५ सय ६ जनाको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएकाे २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।

हाल देशका विभिन्न अस्पतालमा ८ सय २ जनाको आइसीयू र २ सय ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभरबाट आज ४ सय २२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।