जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुक्तक यात्रा कार्यक्रम”पृथ्वीनारायण क्याम्पस पोखरामा सम्पन्न

नविन भण्डारी,
जन्मभुमि खबर,पोखरा ।

“मुक्तक यात्रा कार्यक्रम पृथ्वीनारायण ”
मुक्तक मञ्च केन्द्रिय समितिद्वारा सञ्चालित कार्यक्रम ‘मुक्तक यात्रा’ मंगलबार पृथ्वीनारायण क्याम्पसमा सम्पन्न भएको छ ।

मुक्तक कसरी लेख्ने, कसरी वाचन गर्ने र समग्रमा मुक्तक भनेको के हो ? बिषयक जानकारी गराउने हेतुले सञ्चालित मुक्तक यात्रामा झण्डै छ दर्जन भन्दा बढि बिद्यार्थी सहभागी रहेका थिए ।
कार्यक्रममा मञ्चका केन्द्रिय सल्लाहकार लक्ष्मण थापा र केन्द्रिय अध्यक्ष रामजी प्रसाद आचार्यले महत्वपूर्ण मुक्तक सम्वन्धित प्रशिक्षण राखेका थिए ।
थापाले समवृत्तमा आधारित मानक मुक्तक आफैमा पूर्ण र मुक्त एवं प्रभावशालि रहने बताएका थिए भने आचार्यले मुक्तक वाचन शशक्त हुनुपर्ने कुरामा जोड दिए भने यस कार्यक्रमलाई क्याम्पस, बिद्यालय विभिन्न बिशेष स्थानमामा सञ्चालन हुदै आएको जानकारी दिए ।मुक्तक यात्रा’ कार्यक्रममा नविन भण्डारी, राम कुमार श्रेष्ठ फुच्चे, विकास गौतम, गौरव ढुङ्गाना, सौगात तिमिल्सिना र कृष्णा पौडेललगायतले मुक्तक वाचन गरेका थिए त्यस्तै शंकर गौतम, रश्मी रोका, सरुना रोका, प्रभात पुन,मसिना गैरे, प्रस्तुति रोका, उषा नेपाली भिनमाया सुनार, रोशनी गुरुङ, राधा घर्ति मगर, राज कुमारी पुर्जा, सुवास पौडेल, सुदिन ओझा, शान्ति गुरुङ, शर्मिला पुन, कविता विक, जमुना अम्गाई, सिमा पुन, दिपेश राई र राम प्रसाद पौडेल लगायतका विद्यार्थीहरु सहभागी थिए ।
श्रीराम अधिकारी गोर्जेको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन लेखक तथा पत्रकार सचिव शरण सिँ बिकले गरेका थिए ।