जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्र मिलन सहकारी ठगी प्रकरण : पराजुली धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ९ नयाँबजारमा रहेको मित्र मिलन सहकारी ठगी अभियोगका आरोपित अधिवक्ता जनकल्याण पराजुलीलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सहकारीका कानुनी सल्लाहकारसमेत रहेका पराजुलीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

पराजुलीलाई राष्ट्रिय वन अपचलनसम्बन्धी मुद्दामा भने शुद्ध तारेखमा रिहा गर्ने आदेश भएको छ । निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको एवं ठगी गरेको मुद्दामा सहकारीका सञ्चालक समितिका पदाधिकारीसहित ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ परेकामध्ये सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी र विष्णुप्रसाद भण्डारी, हरेराम भण्डारीलाई जनही ७ लाख तथा पूर्व अध्यक्ष कृष्णबहादुर रावतलाई १२ लाख धरौटीमा रिहा गर्ने आदेश भइसकेको छ सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार राजु बराल, सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।