जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्रमिलन सहकारी ठगी प्रकरण : वडाध्यक्ष सुवेदी ८ लाख धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ९ नयाँबजारमा रहेको मित्रमिलन सहकारी ठगी आरोपी दीपक सुवेदी धरौटीमा रिहा भएका छन् । पोखरा २१ नम्बर वडाका अध्यक्ष सुवेदी मंगलबार आफैँ अदालत हाजिर भएका हुन् । उनी विरुद्ध प्रहरीले मङ्सिरमा नै पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी हुने बित्तिकै फरार सुवेदीलाई मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि कानुन व्यवसायी जनकल्याण पराजुली पनि ३ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

मित्र मिलन सहकारी ठगी प्रकरण : पराजुली धरौटीमा रिहा