जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

काठमाण्डाै – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी हीतविरुद्ध लागेको भन्दै चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार स्थायी कमिटीको बैठकले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पनि नेम्वाङले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।