जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मन्त्रिपरिषदद्वारा १६ खर्ब रुपैयाँको बजेट पारित 

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्बाट पारित भएको आयव्ययको विवरण राष्ट्रपति कार्यालय पठाइएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले शनिबार नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने तयारी भइरहेकाे छ ।