जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनिपाल र गण्डकी मेडिकल कलेज अस्पतालमा निशुल्क कोरोनाको उपचार

जन्मभुमि खबर,
पोखरा ।

मनिपाल र गण्डकी मेडिकल कलेजमा पनि अब कोरोना संक्रमितहरुको उपचार निशुल्क रुपमा हुने भएको छ । सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० वटा भन्दा बढि अस्पतालहरुसँग सम्झौता गरेपछि निजी अस्पतालहरुमा पनि कोरोनाको निःशुल्क उपचार हुन लागेको हो ।

केयर युनिट संचालनका लागि सम्झौता गरेका अस्पताललाई सरकारले पैसा उपलब्ध गराउनेछ । संक्रमितको अवस्था हेरेर प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५०० देखि १५ हजारसम्म सरकारले अस्पताललाई उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालहरुमा निःशुल्क उपचार हुने भएको हो । ८१ वटा अस्पतालमा यसअघि नै सरकारले संक्रमितलाई निःशुल्क उपचार सेवा दिँदै आएको छ ।