जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मदिरा खुवाएर राउटे युवतीमाथि दुर्व्यवहार,३ जना पक्राउ

सुर्खेत, २३ जेठ । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् । होटेलमा लगेर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्य’वहार गरेको भिडियो समेत सार्वजनिक भएको हो ।

युवाले राउटे समुदायका दुईजना युवतीलाई लिएर आँफू अर्धनग्न भएर भिडिओ बनाएका थिए । युवती माथि दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालक सहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमन बहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने, टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती असुरक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवती माथि दुर्व्य’वहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुर्व्यवहारको सिकार भएका हुन् ।

राउटे युवतीहरु माथि भएको दुर्व्य’वहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गुर्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् ।