जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मंगलबार पोखरामा थप ३० जना कोरोना संक्रमित थपिए

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ५१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ५० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ४ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३०, ३२m र ३७ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र ७० वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मा १३ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० र ८५ वर्षीय २ जना महिलासहित ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ मा ४४ वर्षीय १ जना महिला तथा ११ मा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २ वर्षीय १ जना महिला तथा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ र ३९ वर्षीय २ जना महिलासहित ५४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्तमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा ५८ वर्षीय १ जना पुरुष, १८ मा २७ वर्षीय १ जना महिला, २१ मा २५ वर्षीय १ जना पुरुष, २२ मा २८ वर्षीय १ जना पुरुष तथा २६ मा ४२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ३० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वाडमा ३८ र ४८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

३३ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४४, ४५, ५२ र ७१ वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यता गण्डकी प्रदेश कै अर्को जिल्ला नवलपरासी पूर्वमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी पूर्वमा गरिएको परीक्षणका क्रममा जिल्लाको गैंडाकोट १ की ३६ वर्षीय १ जना महिला तथा देवचुली २ की ५३ वर्षीय १ जना महिलासहित ५८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संखया १६ हजार ९ सय ६६ पुगेको छ ।