जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिहीबार वडा नं १७ का १९ जना सहित पोखरामा ३७ जनामा कोरोना संक्रमण पुष्टि

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बिहीबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार पोखरा महानगरपालिका वडा नं – १७ का सर्वाधिक १९ जनासहित १४ वटा वडाका थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरूमा पोखरा महानगरपालिका वडा नं ५ का १ पुरुष, ६ का १ पुरुष, ८ का १ पुरुष तथा १ महिला, १० का २ पुरुष, १२ की एक महिला, १६ का २ पुरुष तथा २ महिला, १७ का ७ पुरुष तथा १२ महिला, २४ की एक महिला, २५ का १ पुरुष, २६ की एक महिला, २८ का १ पुरुष, ३० की १ महिला, ३१ की १ महिला र ३२ का १ पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यसै गरी बिहीबार बागलुङमा १५ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशक शर्माका अनुसार बागलुङ नगरपालिकाका १३ जना तथा काठे खोला र तारा खोला गाउँपालिकाका १ – १ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार नै नवलपुरका २ जना तथा म्याग्दी र पर्वतका १ -१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय २८ पुगेको छ ।