जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाबा फाउन्डेसन र गोल्डेन नर्सरीको सहयोगमा विश्व वातावरण दिवसको अबसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा वृक्षाराेपण

जन्मभुमि खबर,
पोखरा ।

आज विश्व वातावरण दिवस।  दिवसको अबसर पारेर जिल्ला  ट्राफिक प्रहरी कार्यलय कास्कीमा वृक्षाराेपण गरिएको छ। शनिबार प्रहरी कार्यलय वरिपरी विभिन्न फलफुल सहितको बिरुवा रोपिएको हो।बाबा फाउन्डेसन र गोल्डेन नर्सरीको सहयोगमा अमला,  धुपी, अम्बा, कागती, एभोगाडो, अमला, जामुन लगायतको बिरुवा रोपिएको जिल्ला  ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख अमृत बस्नेतले जानकारी दिए। रोपेको बिरुवालाई ट्राफिक प्रहरीले नै रेखदेख गर्नेछ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ। दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले  विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो।सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन  ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो।